सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्ले सम्मानित

4.6K
shares

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्ले बुधबार सम्मानित हुनु भएको छ । ६९ औं प्रहरी दिवस २०८१ को अवसरमा उहाँ सम्मानित हुनु भएको हो ।

काफ्ले नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कनमा कार्यालय परिसर तथा जिल्ला प्रहरी कार्यालयहरू मध्येबाट जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नागरिक सहायता कक्षको उत्कृष्ट व्यवस्थापन गरि सहज, पारदर्शी एवं छिटो छरितो रूपमा नागरिकलाई सेवा प्रवाह गर्नु भएकोमा सम्मानित हुनु भएको हो ।

प्रहरी उपरीक्षक काफ्लेलाई नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालबाट प्राप्त सम्मान पत्र प्रहरी दिवस २०८१ को अवसरमा बुधबार बागमती प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्य मन्त्री बहादुर सिंह लामा तामाङबाट सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

प्रहरी उपरीक्षक काफ्ले २०८१ बैशाख २३ गते देखी जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुखको रूपमा कार्यभार सम्हाल्दै आउनु भएको छ । छोटो समयमा जिल्लाको शान्ति सुरक्षामा उल्लेखनीय परिवर्तन ल्याएको भन्दै प्रहरी उपरीक्षक काफ्लेलाई सम्मान गरिएको बताइएको छ । कर्मचारीको कार्य मुल्याकंन गर्दै काफ्लेलाई सम्मान गरेको हो ।

प्रहरी संगठनले सुम्पिएको जिम्मेवारीलाई उच्च प्राथमिकता दिई इमानदारिताका साथ व्यवसायीक एवं कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक कार्य सम्पादन गरेकाले काफ्लेलाई सम्मान गरिएको थियोे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083