सेवा निवृत्त भए डिआईजी राजेशनाथ बास्ताेला !

4.15K
shares

काठमाडाै । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी) राजेशनाथ बास्तोला उमेर हदका कारण सेवाबाट अनिवार्य अवकास भएका छन् ।

नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा कार्यरत बास्ताेलालाई शिक्षालयमा औपचारिक कार्यक्रम आयोजना गरी आज बिदाई गरिएको हाे ।

बिदाई कार्यक्रममा शिक्षालयको उप-निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क. बिदाई भई जानुहुने प्रहरी नायव महानिरीक्षकलाई शिक्षालयको तर्फबाट मायाको चिनो प्रदान गरी शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।


उक्त कार्यक्रममा निर्देशककाे पूजनीय पिता पूर्व सांसद हरिनाथ बास्तोला, नेपाल प्रहरी श्रीमती संघ केन्द्रीय प्रशासन सचिव अजिता देवकोटा बास्तोला, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय संचार रामनगर, चितवनका प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदी, जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजालकाे उपस्थिति रहेकाे थियाे ।

साथै शिक्षालयका प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापा, प्रहरी निरीक्षकहरु, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्मा, शिक्षालयका जुनियर प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरू लगायत प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७९ औं समूहका सम्पूर्ण प्रशिक्षार्थीहरूको समेत उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083