कोलम्बिया एकेडेमीद्वारा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न
वि.सं.२०८१ कात्तिक १३ मंगलवार १४:२९
4.97K
shares
shares

काठमाडाै । नेपाल प्रहरीका पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी ) सन्दीप भण्डारीकाे प्रमुख आतिथ्यतामा बधाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । कोलम्बिया एकेडेमीकाे आयाेजनामा उक्त कार्यक्रम भएको हाे ।
प्रहरी सहायक निरीक्षक [ASI] २०८१ को बधाई सम्मान कार्यक्रमको अवसरमा कोलम्बिया एकेडेमीका शिक्षक बर्गहरुलाई सम्मान गरिएको थियाे ।
कोलम्बिया एकेडेमी प्रतिको योगदानको कदर गर्दै प्रमुख अतिथि पुर्व (AIG) सन्दिप भण्डारीले कोलम्बिया एकेडेमीका कार्यकारी प्रमुख सन्तोष कुमार आचार्यद्वारा सम्मान एवं मायाको चिनो प्रदान गरिएको हाे।
२०८१ सालमा प्रहरी सहायक निरीक्षक (ASI) मा उक्त कोलम्बिया एकेडेमीले अत्याधिक नाम निकाल्न सफल भएको थियाे ।
































