आइजीपी कुँवरद्वारा एआईजी पदमा पदोन्नतिभएका किरण राणा र डा. सुन्दर ह्योजुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित
वि.सं.२०८१ कात्तिक १४ बुधवार २२:००
2.82K
shares
shares

काठमाडौ । प्रहरी महानिरीक्षक (आइजीपी) कुँवरद्वारा एआईजी पदमा पदोन्नतिभएका किरण राणा र डा. सुन्दर ह्योजुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नु भएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ कात्तिक १३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा र प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको हाे ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको थियोे ।






























