अहोरात्र सडकमा खटिने ट्राफिक प्रहरीको छुट्टै पहिचान छ : एसपी सुवेदी
वि.सं.२०८१ कात्तिक १४ बुधवार २२:०३
3.54K
shares
shares

चितवन । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर, चितवनका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको निरीक्षण भ्रमण गर्नु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा एसपी सुवेदीले अहोरात्र सडकमा खटिने ट्राफिक प्रहरीको छुट्टै पहिचान हुने हुँदा अनैतिक र आचरण बिपरीत कार्य नगर्न र त्यस्तो आचरण बिपरित कार्य गर्नेलाई क्षम्य नहुने बताउनु भयो ।
साथै सवारी दुर्घटना न्युनिकरण गर्न आवश्यक चेक प्वाईन्ट राख्ने तथा सवारी चालक, पैदल यात्रीहरुलाई ट्राफिक प्रशिक्षण दिई सवारी दुर्घटना न्युनिकरण गरी जन धनको क्षेति नहुने गरी ट्राफिक ब्यवस्थापन मिलाउन समेत वहाँले निर्देशन दिनु भएकाे थियाे।



















