कास्कीका प्रहरी प्रमुख एसपी श्याम ओलिया निरन्तर निरीक्षणमा

10.43K
shares

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम ओलिया यति बेला निरन्तर निरीक्षण कार्यमा लागि परेका छन्।

वडा प्रहरी कार्यालय बगर कास्कीको निरीक्षण तथा स्थानिय व्यक्तिहरुसँग आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।

प्रहरी उपरीक्षक श्याम बाबु ओलियाले मातहत वडा प्रहरी कार्यालय बगर कास्कीको स्थलगत निरिक्षण गर्नु भयाे । साथै वडा एरियाको बस्तुस्थितिको बारेमा जानकारी लिई सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई शान्ति सुरक्षा, समुदायसंग गर्नुपर्ने प्रहरीको आचारण व्यवहार, मानव अधिकार संरक्षण, ट्राफिक व्यवस्थापन तथा समसामयिक विषयमा आवश्यक निर्देशन गर्नु भएको थियाे ।

कार्यक्रममा सहभागीहरुबाट उठेका गुनासो तथा सुझाबहरुको प्रहरी उपरीक्षक श्याम ओलियाले सम्बोधन गर्नु भएको थियो ।

 

सोही अवसरमा पोखरा महानगरपालिका वडा नं.१,२,३,१६,१८,१९,२०,२४,२५ तथा माछापुच्छ्रे गाँउपालिका र अन्नपुर्ण गाँउपालिकाका जनप्रतिनिधी, विभिन्न पेशा व्यवसायीहरु, संघ संस्थाका प्रतिनिधी, स्थानियहरुसँग शान्ति सुरक्षा, प्रहरी सेवा प्रवाहको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083