ललितपुर प्रहरी कार्यालयद्धारा कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा

4.38K
shares

ललितपुर । जिल्ला प्रहरी कार्यालय ललितपुरले कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । प्रहरी वृत्त चापागाउँ ललितपुरमा कार्यरत प्रहरी निरीक्षक राम चन्द्र बगालेलाई २०८१ साल कात्तिक महिनाको “Police of The Month” घोषित गरिएको हो ।

नेपाल प्रहरी संगठनले सुम्पिएको जिम्मेवारी पूर्ण रुपमा लगनशील, कर्तव्यनिष्ठ एवं विपद् व्यवस्थापन र प्रहरी कारवाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा बढाएकोले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

May be an image of 4 people and text

साथै योगदानको उच्च कदर गर्दै कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले पुरस्कार तथा प्रशंशा पत्र प्रदान गर्नुको साथै पेशा प्रति समर्पित रही,लगनशिल एवं निष्ठावान भई उत्कृष्ट ढङ्गबाट कार्यसम्पादन गर्ने ४ जना प्रहरी कर्माचारीहरुलाई समेतलाई प्रोत्साहन स्वरुप नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083