सप्तरी प्रहरीको ठूलो सफलता : १७ क्युन्टल लागु औषध गाँजासहित एकजना पक्राउ
वि.सं.२०८१ मंसिर ६ बिहीवार १९:२५
3.15K
shares
shares

सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले १७ क्युन्टल लागु औषध गाँजासहित एकजना पक्राउ गरेको छ।
जिल्ला सप्तरी राजगढ गा.पा ०४ बेल्ही चपेना शनि मन्दिर स्थित भित्रि सडक खण्डमा गाडि चेकजाँच गर्ने क्रममा ढुङगा र बलुवाले छोपी लुकाई छिपाई ल्याएको १७ क्युन्टल १७ किलो बराबर लागु औषध गाँजा बरामद गरेकाे हाे ।
साथै टिपर र टिपर चालक सहित प्रहरी टोलीले नियन्त्रणमा लिइ आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए ।




























