आइजीपी बसन्त कुँवरद्वारा नवनिर्मित भगवती मन्दिर तथा नागरिक सहायता कक्ष भवनको समुद्‍घाटन

2.76K
shares

नुवाकोट । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरकाे प्रमुख आतिथ्यतामा नबनिर्मित भवनको समुद्‍घाटन कार्यक्रम सम्पन्न  भएको छ।  जिल्ला प्रहरी कार्यालय नुवाकोटको परिसर भित्र नवनिर्मित भगवती मन्दिर तथा नागरिक सहायता कक्ष भवनको समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा नुवाकोट जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र विक्रम सिंह ठकुरी, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, तादी गाउपालिकाका अध्यक्ष सन्तामान तामाङ, तारकेश्वर गाउपालकाका अध्यक्ष  शिव अधिकारी, बिदुर नगरपालिका उप-प्रमुख  प्रभा बोगटी, नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी  रामकृष्ण अधिकारी, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महारनिरीक्षक कृष्ण हरि शर्माको उपस्थिति रहेको थियो ।