“लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” अन्तर्गत प्रभात फेरी तथा सचेतना कार्यक्रम सम्पन्न

4.1K
shares

काठमाडौ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यकाे प्रमुख आतिथ्यतामा “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” अन्तर्गत प्रभात फेरी तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

 

“लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” अन्तर्गत प्रहरी वृत्त बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, काडाँघारी, सामुदायिक सेवा तथा विकास समाज एंव सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर, का.म.न.पा. ३२ वडा कार्यालय, कागेश्वरी मनोहरा न.पा.७ , ८ र ९ का वडा कार्यालय तथा वडा भित्र रहेका विभिन्न संघ सस्था तथा गान्धी आदर्श मा.वि.को सयुक्त आयोजनामा सामुदायिक सेवा तथा विकास समाजका अध्यक्ष रविन्द्र थापाकाे अध्यक्षातामा कागरश्वरी मनोहरा नगरपालिकाका उप मेयर शान्ता थापा, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीकाे विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हाे।

 

कार्यक्रममा गान्धी आदर्श मा.वि. का विद्यार्थीहरुबाट नृत्य, नेपाल प्रहरी संगीत विद्यालयबाट नृत्य तथा लैङ्गिक हिंसा उन्मूलन सम्बन्धी सचेतना नाटक समेत प्रस्तुत गरिएको थियाे।

उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका सामुदायिक शाखाका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलिया , प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक विरेन्द्र गोद्दार , प्यावसनका महासचिव आर.वि.कट्वाल कागेश्वरी मनोहरा नगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सबिना श्रेष्ठ, प्रहरी प्रभाग कोटेश्वर र काडाँघारीका प्रहरी निरीक्षकहरु, का.म.न.पा ३२ र कागेश्वरी मनोहरा ७, ८ र ९ का वडा अध्क्षयहरु, गान्धी आदर्श मा.वि. का संचालक समितिका पदाधिकारीहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, समाजसेवी, शिक्षक, शिक्षिका, विद्यार्थीहरु, पत्रकार तथा स्थानीयहरुको सहभागितामा प्रभात फेरी तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको थियाे ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083