लुम्बिनीमा विश्वशान्तिकाे कामना गर्दै दीप प्रज्जवलन तथा पुजा

3.8K
shares

लुम्बिनी। बुद्वजन्मस्थल लुम्बिनीमा विश्व शान्तिकाे कामना गर्दै शनिबार दीप प्रज्वलन तथा पुजा गरिएकाे छ प्रसिद्ध बाैद्ध धर्मगुरू क्याबगोंगमा शाक्य त्रिचेन रिन्पोछेले मायाँदेवी मन्दिरमा दिप प्रज्वलन गरि विश्व शान्तिकाे कामना गरेका हुन् । दीप प्रज्वलन पश्चात् भएकाे कार्यक्रममा बाेल्दै रिन्पाेछेले लुम्बिनीबाट विश्वशान्तिकाे प्रयास गर्नुपर्ने बताए ।

रिन्पोछेलाई लुम्बिनी विकास काेषका उपाध्यक्ष संविधानसभा सदस्य डा.ल्हारक्याल लामा (खेन्पाे छिमे छिरिङ) ले भगवान बुद्वकाे जन्मस्थलमा स्वागत गर्न पाएकाेमा खुशी व्यक्त गरे ।
भगवान बुद्धकाे जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेकाे स्थान बाेधगया, सर्वप्रथम धर्मदेशना गरेकाे स्थान सारनाथ र महापरिनिर्वाण भएकाे स्थान कुसीनगरलाई महत्वपूर्ण स्थान बताएकाे उल्लेख गर्दै जीवनमा एकपटक सबैले लुम्बिनी आउनुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी विकास काेषका काेषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीमा धर्मगुरूले आउनु सुखद कुरा भएकाे बताए । लुम्बिनी साँस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजनले लुम्बिनीमा काेराेनाका कारण राेकिएकाे पुजा पुन सञ्चालन भएकाेमा खुसी व्यक्त गरिन । उक्त अवसरमा रिपाेन्छेलाई लुम्बिनी विकास काेषका सदस्यलसचिव सानुराजा शाक्य र कार्यकारीणी सदस्य श्याम राेक्काले स्वागत गरेका थिए। शाक्य माेन्लम पूजाकाे पूर्वसन्धयामा विश्वशान्तिकाे कामना सहित दीप्रज्जवल गरिएकाे कार्यकारिणी सदस्य श्याम राेककाले जानकारी दिए । शाक्यमाेन्लम पूजा आईतबार विहान उदघाटन गरेका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083