एसएसपी वसन्त रजौरेद्वारा प्रहरी कर्मचारीहरुलाई प्रमाण-पत्र प्रदान
वि.सं.२०८१ पुस १२ शुक्रवार १८:३४
3.2K
shares
shares

काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेद्वारा तालिम सफलतापुर्वक सम्पन्न गर्ने प्रहरीहरुलाई प्रमाण-पत्र प्रदान गर्नु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको प्रशिक्षण २०८१/०९/०७ गतेदेखि २०८१/०८/०१२ गतेसम्म संचालन भएको प्र.व.ह./प्र.ह./प्र.स.ह./प्र.ज. लक्षित ५ कार्य दिन अवधीको “बल प्रयोगको सिद्धान्त तथा हातहतियारको प्रयोग विशेष अनुशिक्षण तालीम” सम्पन्न भएको हाे।
कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेद्वारा तालिम सफलतापुर्वक सम्पन्न गर्ने प्रहरी कर्मचारीहरुलाई तालिमको प्रमाण-पत्र प्रदान गर्नु भई आवश्यक निर्देशन समेत दिनु भएको थियोे ।






























