Crime Action Plan-CAP अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न
वि.सं.२०८१ पुस १७ बुधवार १७:४८
shares

गाेरखा। Crime Action Plan-CAP अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्नभएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, नक्साल काठमाण्डौबाट प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्रीकाे नेतृत्वको अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालय गाेरखाकाे निरीक्षण गर्नु भएको हाे।
उहाँले कार्यालयमा कार्यालयको कार्यालय भवन परिसर, हिरासत कक्ष, अपराध नियन्त्रण तथा अनुसन्धान शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, सामुदायिक प्रहरी शाखा, र नागरिक सहायता कक्षको अनुगमन तथा निरीक्षण गर्नु भई कार्यालयबाट सम्पादित काम कारवाही, सेवा प्रवाह र गुनासो सम्बोधनको विषयमा शाखामा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई उच्च मनोवलका साथ कार्य गर्न हुन, प्रहरी संगठनको गरिमामा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न, आम नागरिकहरुसंग आवश्यक समन्वय गर्दै अपराध अनुसन्धानलाई बैज्ञानिक, वस्तु निष्ठ र Crime Action Plan-CAP कार्यान्वयनलाई अझ थप प्रभावकारी बनाउने सन्दर्भमा आवश्यक निर्देशन सम्बोधन गर्नु भई निरीक्षण कार्यक्रम सम्पन्न भएको हाे।
साथै यस कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई अमुल्य निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।














