थापाले केवल इन्स्पेक्टरको परिचयपत्र बनाउने काम गरेका थिएनन्, उनले प्रहरीको फुलीसहितको युनिफर्म पनि लगाएर हिँड्थे। उनी विदेश पठाउने भन्दै तीनजनाबाट ६९ लाख रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको छ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार थापा कतिपय अवस्थामा प्रहरी कार्यालयमा समेत युनिफर्म लगाएर पुग्थे। कार्यालयमा गएर उनले आफूलाई इन्स्पेक्टर भएको बताउँदै जुनियर प्रहरीलाई भ्रममा पारेर सलाम गर्न लगाउने गर्दथे। यस तरिकाले उनले पीडितलाई विश्वासमा लिएका थिए।
थापाले आफूलाई उत्कृष्ट काम गरेको आधारमा सइबाट इन्स्पेक्टरको बढुवा पाएको भन्दै प्रहरीलाई समेत झुक्क्याएको पाइएको छ।


















