प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी आचार्यलाई जिम्मेवारी

2.85K
shares

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्य नियुक्त भएका छन्।

यसअघि लागु औषध नियन्त्रण ब्युरोको प्रमुख रहेका आचार्यको एसएसपीबाट डिआइजीमा बढुवा भएपछि महानिरीक्षकको सचिवालयमा आएका हुन्।

सचिवालयमा आएसँगै उनले प्रवक्ताको जिम्मेवारी पाएका हुन्। उनी पुस १८ गते डिआइजीमा बढुवा भएका हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083