अखिल (क्रान्तिकारी) काे केन्द्रीय उपमहासचिवमा नवीन शाहीकाे उम्मेदवारी घाेषणा

5.97K
shares
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको २३ औं राष्ट्रिय सम्मेलनमा उपमहासचिव पदका लागि नविन शाहीले  उम्मेदवारी घोषणा गरेका छन् ।

‘जसको नीति, उसैको नेतृत्व’ र ‘विद्यार्थी आफैंले परिवर्तनको नेतृत्व गर्नुपर्ने’ धारणा राख्दै साथै प्रगतिशील शिक्षा, समतामूलक समाज,
विद्यार्थी आन्दोलनको सशक्त आवाज, समान शिक्षा, समान अवसर, समृद्ध समाज निर्माणको आधार सहित शाहीले आफ्नाे उम्मेदवारी घोषणा गरेका हुन् ।

शाहीले विभिन्न एजेण्डा प्रस्तुत गर्दै आफ्नो उम्मेदवारीलाई बलियो बनाउन प्रयास गरेका छन् । उनले प्रविधिमैत्री शिक्षा र रचनात्मक विद्यार्थी आन्दोलनको विकास, सत्ताको लोभमा फसेको विद्यार्थी आन्दोलनलाई सडक आन्दोलनको पहिचानमा रूपान्तरण, विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार कार्यक्रम सञ्चालन, पढ्दै कमाउँदै अभियानको सुरुवात, निःशुल्क र समान शिक्षा सुनिश्चित गर्न संघर्ष, गुणस्तरीय स्ववियुको विकास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका साथै सामूहिक प्रयासको आवश्यकतालाई एजेण्डामा समावेश गरेका छन् ।

शाहीले विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन व्यक्तिगत प्रयास मात्र पर्याप्त नभएको भन्दै सामूहिक बहस र सहभागिताको आवश्यकतामा जोड दिएका छन् । उनले आफ्नो एजेण्डालाई नियमित रूपमा लिखित सामग्री र भिडियो सन्देश मार्फत सार्वजनिक गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

शहीले आफ्नो उम्मेदवारी सङ्गठनलाई नीति विधि र थितिमा चलाउनका निम्ति भएको बताएका छन् ।

 शाहीले आफ्नाे उम्मेदवारी विद्यार्थी आन्दोलनलाई प्रश्न गर्ने मात्र नभै उत्तर दिन सक्ने आन्दोलन बनाउनका लागि भएको बताउँदै आएका छन् ।

सन्चारकर्मीहरुसँगकाे कुराकानीमा भनेका छन् मेरो उम्मेदवारी क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई रहरलाग्दो र भरलाग्दो बनाउनका लागि हो । राजनीतिक एजेन्डामा रुमल्लिएको विद्यार्थी आन्दोलनको औचित्य समाप्त भयो भनिरहेको सन्दर्भमा यस्को औचित्यता अझै छ भन्ने कुराको पुष्टि गर्ने गरी विद्यार्थीका मुद्दामा फर्काउन र विद्यार्थीको नेता विद्यार्थीलाई नै बनाउनका निम्ति आफ्नो उम्मेद्वारी भएको बताएका छन् ।

 सल्यान जिल्ला  बागचाैर नगरपालिका वडा नम्बर ८ मा जन्मेका शाही  क्रान्तिकारीको नेतृत्वदायी भुमिका निर्वाह गर्दै बानेश्वर बहुमुखी क्याम्पस समिति सचिव,अध्यक्ष, उपत्यका विशेष प्रदेश सदस्य हुँदै अखिल क्रान्तिकारीको २२ औं सम्मेलनबाट केन्द्रीय सदस्यकाे जिम्मेवारी सम्हालि सकेका छन् ।

यस अघि उमेर हदबन्दीका कारण असोज २–५ गतेको उद्घाटनपछि स्थगित भएको सम्मेलन यही माघ १२ गते देश भरीबाटै निर्वाचन हुने भएको छ।

 हेर्नुस् अहिले सम्मकाे नेता नवीन शाहिकाे राजनीति विद्यार्थी राजनितिको आरोह अबरोह ईतिहास !!

२०६४ साल कक्षा ६ श्री कालिका माद्यामिक बिध्यालयमा अध्ययन गर्दै गर्दा सल्यान जिल्लाको अनेरास्ववियू (क्रान्तिकारी )को १३औं जिल्ला सम्मेलन १३औं जिल्ला सम्मेलनको प्रतिनिधि र २०६६ साल १४औं जिल्ला सम्मेलन सल्यानको  १४औं जिल्ला सम्मेलनको प्रतिनिधि भए !

 २०६९ साल देखि बानेश्वर क्याम्पसको राजनिती शरु गरेका थिए ।  २०७१ साल बानेश्वर बहुमुखी क्याम्प्सको ५ औं इकाई सम्मेलन अखिल (क्रान्तिकारी ) को सचिब हुँदै अखिल (क्रान्तिकारी) १९ औं राष्ट्रिय सम्मेलन कृर्तिपुर उदघाटन समारोहमा सहभागी भई स्वंयम सेबकको भुमिका निर्बाह गरेका थिए।

२०७२ पुस महिनामा २३ औं क्याम्पस जिल्ला सम्मलेन काठमाडौ प्रतिनिधि हुँदै क्याम्पस जिल्ला सदस्य निर्वाचित भए ! २०७३ जेष्ठ १४ गते क्याम्पसको छैटौं जिल्ला सम्मेलनबाट क्याम्पस समिती अध्यक्ष निर्वाचित भएका थिए। साथै त्यस पछि २०७३ फाल्गुन १८ गतेको स्वबियु सभापतिको उम्मेदवारको टिकट संगठनको केन्द्रिय समितिले प्रदान गरेको तर अन्तिम समयमा आएर चुनाव रोकिएको थियो !२०७४ साल भाद्रमा भएको एकताको २१औं राष्ट्रिय  सम्मेलनमा प्रतिनिधि हुँदै सम्मेलन सम्पन्न भएको थियाे । बाम गठबन्धन एकताको कारणले लामो समय सम्म क्याम्पसको अध्यक्ष बन्न सफल भए। करिब ५ बर्ष अध्यक्ष बन्ने समय प्राप्त भयाे ! उपत्यका बिशेष प्रदेशको सदस्य २०७८ असोजमा  प्राप्त गरे । २०७८ असोजमै भएको एकताको २२औं राष्ट्रिय सम्मेलनमा सम्मेलनको प्रतिनिधि हुँदै सम्मेलन भएको लामो समय पछि २०७९/०३/०५ संगठनको केन्द्रीय  समितिको तेस्रो पुर्णा बिस्तारित बैठकबाट केन्द्रीय सदस्यमा मनाेनित भएका थिए ।