अखिल (क्रान्तिकारी) को केन्द्रीय उपाध्यक्षमा बिनु खड्काद्वारा उम्मेदवारी घोषणा

Nepal Life Insurance Long Ad
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको २३ औं राष्ट्रिय सम्मेलनकाे उपाध्यक्ष (छात्रा) पदका लागि बिनु खड्काले उम्मेदवारी घोषणा गरेकी छिन् ।

 प्रगतिशील शिक्षा, समतामूलक समाज,
विद्यार्थी आन्दोलनको सशक्त आवाज, समान शिक्षा, समान अवसर, समृद्ध समाज निर्माणको आधार सहित खड्काले आफ्नाे उम्मेदवारी घोषणा गरेकी हुन् ।

खड्काले विभिन्न एजेण्डा प्रस्तुत गर्दै आफ्नो उम्मेदवारीलाई बलियो बनाउन प्रयास गरेकी छिन् ।  उनले प्रविधिमैत्री शिक्षा र रचनात्मक विद्यार्थी आन्दोलनको विकास, सत्ताको लोभमा फसेको विद्यार्थी आन्दोलनलाई सडक आन्दोलनको पहिचानमा रूपान्तरण, विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार कार्यक्रम सञ्चालन, पढ्दै कमाउँदै अभियानको सुरुवात, निःशुल्क र समान शिक्षा सुनिश्चित गर्न संघर्ष, गुणस्तरीय स्ववियुको विकास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका साथै सामूहिक प्रयासको आवश्यकतालाई एजेण्डामा समावेश गरेकी छिन्।

नेतृ खड्काले  विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन व्यक्तिगत प्रयास मात्र पर्याप्त नभएको भन्दै सामूहिक बहस र सहभागिताको आवश्यकतामा जोड दिएकी छिन् । उनले आफ्नो एजेण्डालाई नियमित रूपमा लिखित सामग्री र भिडियो सन्देश मार्फत सार्वजनिक गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् ।

उनले आफ्नो उम्मेदवारी सङ्गठनलाई नीति विधि र थितिमा चलाउनका निम्ति भएको बताएकी छिन्।

 यस अघि उमेर हदबन्दीका कारण असोज २–५ गतेको उद्घाटनपछि स्थगित भएको सम्मेलन यही माघ १२ गते देश भरीबाटै निर्वाचन हुने भएको छ।

७ माघ २०८१, सोमवार २२:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु