अखिल (क्रान्तिकारी) को केन्द्रीय उपाध्यक्षमा बिनु खड्काद्वारा उम्मेदवारी घोषणा

5.36K
shares
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको २३ औं राष्ट्रिय सम्मेलनकाे उपाध्यक्ष (छात्रा) पदका लागि बिनु खड्काले उम्मेदवारी घोषणा गरेकी छिन् ।

 प्रगतिशील शिक्षा, समतामूलक समाज,
विद्यार्थी आन्दोलनको सशक्त आवाज, समान शिक्षा, समान अवसर, समृद्ध समाज निर्माणको आधार सहित खड्काले आफ्नाे उम्मेदवारी घोषणा गरेकी हुन् ।

खड्काले विभिन्न एजेण्डा प्रस्तुत गर्दै आफ्नो उम्मेदवारीलाई बलियो बनाउन प्रयास गरेकी छिन् ।  उनले प्रविधिमैत्री शिक्षा र रचनात्मक विद्यार्थी आन्दोलनको विकास, सत्ताको लोभमा फसेको विद्यार्थी आन्दोलनलाई सडक आन्दोलनको पहिचानमा रूपान्तरण, विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार कार्यक्रम सञ्चालन, पढ्दै कमाउँदै अभियानको सुरुवात, निःशुल्क र समान शिक्षा सुनिश्चित गर्न संघर्ष, गुणस्तरीय स्ववियुको विकास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका साथै सामूहिक प्रयासको आवश्यकतालाई एजेण्डामा समावेश गरेकी छिन्।

नेतृ खड्काले  विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन व्यक्तिगत प्रयास मात्र पर्याप्त नभएको भन्दै सामूहिक बहस र सहभागिताको आवश्यकतामा जोड दिएकी छिन् । उनले आफ्नो एजेण्डालाई नियमित रूपमा लिखित सामग्री र भिडियो सन्देश मार्फत सार्वजनिक गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् ।

उनले आफ्नो उम्मेदवारी सङ्गठनलाई नीति विधि र थितिमा चलाउनका निम्ति भएको बताएकी छिन्।

 यस अघि उमेर हदबन्दीका कारण असोज २–५ गतेको उद्घाटनपछि स्थगित भएको सम्मेलन यही माघ १२ गते देश भरीबाटै निर्वाचन हुने भएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083