नुवाकोटका दोर्जे तामाङ एमालेमा प्रवेश
वि.सं.२०८१ माघ ७ सोमवार २३:०३
6.12K
shares
shares

काठमाडौं । नुवाकोटका युवा नेता दोर्जे तामाङ नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालमा आवद्ध भएका छन् । युवा संघका अध्यक्ष क्षितिज थेबेको उपस्थितिमा तामाङ नेकपा एमाले पार्टीमा प्रवेश गरेका हुन् । युवा नेता तामाङले नेकपा एमालेको सिद्धान्त र विचार मन परेर पार्टी प्रवेश गरेको बताए ।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले नेकपा एमालेमा तामाङलाई स्वागत गर्दै अब नवयुवाहरुकाे आकर्षण बढेकाे र पार्टीलाई अझ मजबुत बनाउँदै अघि बढ्ने बताए ।
















