प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङकाे प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम
वि.सं.२०८१ माघ ८ मंगलवार १६:४२
shares

ललितपुर । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङकाे प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम भएको छ।
ललितपुर जिल्ला ललितपुर महानगरपालिका १३ वडा नम्बर स्थित माछापुच्छ्रे ईन्टरनेशनल स्कुलको सभाहलमा जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त सातदोबाटो तथा सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलको संयुक्त आयोजनामा माछापुच्छ्रे ईन्टरनेशनल स्कुलका फाउण्डर डा. विनोद यादवकाे अध्यक्षतामा उक्त कार्यक्रम भएको हाे।
कार्यक्रममा विशिष्ट अतिथि ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख श्याम कृष्ण अधिकारी, अन्य अतिथिहरु सामुदायिक सेवा केन्द्र तिखेदेवलका पदाधिकारीहरु, प्रहरी बृत सातदोबाटो ललितपुरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक चित्र बहादुर भट्टराई, ललितपुर महानगरपालिका वडा नं. १३,१४ र १५ का वडा अध्यक्ष तथा प्रतिनिधिहरुकाे रहेको थियाे।
कार्यक्रममम विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, विभिन्न क्लब, आमा समूह, समाजसेवी, संचारकर्मी, यातायात क्षेत्रका प्रतिनिधि, विद्यार्थी, टोल सुधार समितिका अध्यक्ष तथा प्रतिनिधिहरु, स्थानिय व्यवसायी, नागरिकहरु लगाएको उपस्थिति रहेको थियाे ।

































