प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीकाे प्रमुख आतिथ्यतामा बाह्य प्रशिक्षकहरुलाई प्रशिक्षक प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

चितवन ।  नेपाल प्रहरी शिक्षालय भरतपुरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीकाे प्रमुख आतिथ्यतामा बाह्य प्रशिक्षकहरुलाई प्रशिक्षक प्रमाणपत्र वितरण तथा आर्म ब्याच (Instructor Arm Batch) सुशोभन कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरीको विभिन्न तालिम प्रदायक निकायहरुबाट सञ्चालन हुने तालिममा एकरुपता कायम गर्नको लागि लागु गरिएको “नेपाल प्रहरीको तालिम सञ्चालन कार्यदेश-२०७९” को परिच्छेद-१७ मा व्यवस्था भए बमोजिम बाह्य प्रशिक्षण सम्बन्धी गतिविधीलाई समयसापेक्ष, वैज्ञानिक एवम् स्तरयुक्त बनाउन बाह्य प्रशिक्षकहरुको क्षमता मापन गर्न  २०८१/१०/०७ र ०८ गते लिईएको Instructor Proficiency Test (IPT) मा उत्तिर्ण हुनु हुने नेपाल प्रहरी शिक्षालयमा सञ्चालित “कवाज प्रशिक्षक प्रशिक्षण (प्र.ज. देखि प्र.व.ह.) तालिम” सातौं समूहमा तालिम प्राप्त २५ जना र नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपराशीबाट २ जना गरी जम्मा २७ बाह्य प्रशिक्षकहरुलाई आज  शिक्षालयका समादेशक भूपेन्द्र बहादुर खत्रीले प्रमाणपत्र वितरण तथा आर्म व्याचले सुशोभित गर्नुभयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि समादेशकले निर्देशन सम्बोधन गर्दै प्रशिक्षक आफु Role Model बन्नुपर्ने हुनाले आफुलाई अध्यनशिल बनाउनु पर्ने कुरालाई जोड दिनु भएको थियो ।

उक्त कार्यक्रममा प्रहरी उपरीक्षक भरत बहादुर बि.क प्रहरी नायब उपरीक्षक, सिनियर/जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियोे ।

८ माघ २०८१, मंगलवार १८:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु