निष्पक्ष रुपमा कार्य सम्पादन गर्न प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा निर्देशन

1.87K
shares

काठमाडौ । काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षण गर्नु भएको छ।

निरीक्षणकाे क्रममा जिल्लाको वस्तुस्थिती एवं शान्ति सुरक्षाको बारेमा जानकारी लिदै परिसर तथा मातहत कार्यालयका कार्यालय प्रमुख लगायतको उपस्थितीमा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भयो ।

उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक (डिआईजी) ध्रुव राज राउत, जिल्ला प्रहरी कार्य प्रहरी बरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारी,प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षक सिनियर/ जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियोे ।


Mitsubishi Long Ad