कार्य सम्पादन सम्झौता २०८१/०८२ को अर्ध वार्षिक कार्य प्रगति समिक्षा छलफल तथा निर्देशन कार्यक्रम सम्पन्न

3.21K
shares

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी कार्य योजना २०८० ( संशोधित सहित) र कार्य सम्पादन सम्झौता २०८१/०८२ को अर्ध वार्षिक कार्य प्रगति समिक्षा सम्बन्धमा छलफल तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी कार्य योजना २०८० ( संशोधित सहित) र कार्य सम्पादन सम्झौता २०८१/०८२ को अर्ध वार्षिक कार्य प्रगति समिक्षा सम्बन्धमा छलफल तथा निर्देशन कार्यक्रम सम्पन्न भएको हाे।

छलफल तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले कार्य सम्पादनमा देखिएका कमीकमजोरीलाई सुधार गर्दै फरार प्रतिवादि र फर्छ्यौट हुन बाँकि मुद्धाहरुलाई विशेष प्राथमिकतामा राखि आफ्नो मातहतहरूलाई समेत परिचालन, उत्प्रेरित गर्ने एवम् नियमित, अनुगमन र सुपरिवेक्षण गरी सामूहिक रूपले उपत्यकाको शान्ति, सुरक्षा कायम गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ध्रुव राज राउत, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा मातहतका प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083