अल्पसंख्यक नागरिकहरुकाे समस्या बुझ्दै काेशी प्रदेश कार्यालयका प्रमुख डिआईजी राजन अधिकारी

4.02K
shares

मोरङ ।  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीकाे प्रमुख आतिथ्यतामा  “अल्पसंख्यकसँग प्रहरी कार्यक्रम सम्पन्न” भएको छ।

 

प्रहरी सेवाको सहज पहुँचमा नभएका, अल्पसंख्यक तथा जोखिममा रहेका वर्गलाई प्रहरीले दिने सेवालाई थप सुदृढ एवं प्रभावकारी बनाउने उदेश्य अनुरुप जिल्ला प्रहरी कार्यालय मोरङको आयोजना र इलाका प्रहरी कार्यालय रंगेली मोरङ तथा मंगलबारे टोल विकास समितिको सहकार्यमा रंगेली नगरपालिका वडा नं. २ मंगलबारेस्थित श्री महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हाे।

स्थानिय जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विद्यालयका शिक्षक / विद्यार्थी, संघ संस्थाका प्रतिनिधी, पत्रकार, भद्रभलादमी, वुद्दिजीवि, समाजसेवी र स्थानियवासीहरु गरी २०० जनाको उपस्थितमा स्थानियवासीहरुसँग अन्तरक्रिया सहित अल्पसंख्यक सामुदायका ७० घरधुरीलाई न्यानो कपडा (कम्बल) तथा खाद्यान्न र सरसफाईका सामाग्रीहरु वितरण गरी “अल्पसंख्यकसँग प्रहरी” कार्यक्रम सम्पन्न गरिएको थियोे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083