माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा तेस्रो जिरी अधिबेशन हुने

4.56K
shares

काठमाण्डौ । नेकपा माओवादी केन्द्रकाे दाेलखा जिल्ला अवस्थित जिरी नगर कमिटीको तेस्रो अधिबेशन पार्टीका अध्यक्ष एबम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा हुने भएको छ ।

पार्टी अध्यक्ष एबम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग औपचारिक भेटघाट गर्दै आफुले पर्यटकीय नगरी जिरीमा हुन लागेको तेस्रो अधिबेशनका लागि निमन्त्रणा गरिएको नेकपा माओवादी केन्द्र जिरी नगर कमिटीका अध्यक्ष कर्म शेर्पाले बताए ।

उनका अनुसार आगामी फागुन १ गते तय गरिएको तेस्रो अधिबेशन पार्टी अध्यक्षको ब्यस्तताले गर्दा फागुन २ गते सारिएको पनि जानकारी गराए ।

शेर्पाले अध्यक्ष प्रचण्डको आफ्नै निजी निवास खुमलटारमा पुगेर केही दिन अघि निमन्त्रणा गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083