नागरीकलाई सुरक्षाको अनुभूति हुने गरी प्रहरी सेवा प्रदान गर्न एसएसपी विश्व अधिकारीद्वारा निर्देशन
वि.सं.२०८१ फागुन ४ आइतवार १७:०३
shares

काठमाडौ । जिल्ला प्रहरी परिसर,काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्रहरी वृत्त सिहदरबारको निरीक्षण गर्नु भएको छ।
निर्देशनका क्रममा प्रहरी वृत्त सिँहदबारको कार्यक्षेत्र अत्यन्तै महत्वपूर्ण र संवेदनशील भएको, नागरीक, कूटनीतिक नियोगहरू, आर्थिक तथा शैक्षिक संस्थाहरू, तथा भीआईपी क्षेत्र रहेको एरियाको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन आवश्यक छ र सबैभन्दा पहिले, म तपाईंहरू सबैको निरन्तर मेहनत, इमान्दारिता, र समर्पणको उच्च मूल्यांकन गर्दै तपाईहरू सबैलाई धन्यावाद दिन चाहान्छु, तपाईँहरूको अहोरात्र परिश्रमकै कारण नागरिकहरूले सुरक्षाको अनुभूति गरेका छन्।
हामी प्रहरीको भूमिका केवल कानून कार्यान्वयन गर्ने मात्र होइन, समाजलाई सुरक्षित बनाउने, अपराध नियन्त्रण गर्ने, र नागरिकको मन जित्ने पनि हो । प्रहरी सेवामा चुनौतीहरू छन्, तर तपाईंहरू आत्मबल, अनुशासन, र कर्तव्यपरायणताले हरेक चुनौतीलाई अवसरमा बदल्न सक्नुहुन्छ । प्रहरीले राज्यको Visible Agent को रुपमा समाजमा सेवा गर्ने अवसर प्राप्त गर्नु भनेको सौभाग्य हो तसर्थ दत्तचित्त भएर सेवामा समर्पित हुन निर्देशन दिनुभयो ।
नागरिकहरूले प्रहरीलाई न्याय, शान्ति, र सुरक्षाको प्रतीकका रूपमा हेर्ने गर्दछन्, तपाईंहरूले गर्ने सानो सकारात्मक कदमले धेरैको जीवनमा ठूलो प्रभाव पार्दछ भने समग्र संगठनको वृद्दिमा समेत थप टेवा पुग्दछ, तसर्थ पुर्ण रुपमा व्यवसायीक र कर्तव्य निष्ठ भई नागरीकलाई सुरक्षाको अनुभूति हुने गरी प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको थियाे।
















