धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति

4K
shares

काठमाडौँ । काठमाडौँको अनामनगरस्थित धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीले अस्थायी समाधानको उपाय निकालेको छ । प्रहरी वृत्त सिंहदरबारले डोरी र रिफ्लेक्टरको सहयोगमा अस्थायी रूपमा गाडी खस्ने समस्या रोक्ने उपाय निकालेको हो । 

बिहीबार सिंहदरबारका डिएसपी गंगा पौडेल र ट्राफिक प्रहरीका इन्स्पेक्टरले स्थानीयहरूसँग मिलेर अस्थायी बारको रूपमा डोरी टाँगेका हुन् । स्थायी बार नबन्दासम्मको लागी डोरी र रिफ्लेक्टर टाँगिएको डिएसपी गंगा पौडेललेलाई बताए ।

स्थानीयको सहयोगमा अस्थायी रूपमा दुर्घटना रोक्ने उद्देश्यले डोरीको बार लगाएको डिएसपी पौडेलले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083