एसपी राजन लिम्बुले सम्हाले झापा प्रहरी प्रमुखको कमाण्ड : एसपी मिलन केसीको विदाई
वि.सं.२०८२ वैशाख २१ आइतवार २०:३३
4.52K
shares
shares

झापा। नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रले जिल्ला प्रहरी कार्यालय झापामा सरुवा भएका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुको स्वागत तथा नेपाल प्रहरी प्रदेश कार्यालय बिरगञ्ज पर्सा, अपराध अनुसन्धान शाखा (काज: काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाण्डौ) सरुवा हुनुभएका प्रहरी उपरीक्षक मिलन के.सीलाई “धन्यवाद एवं फेरी भेटौला” कार्यक्रम गरिएको छ ।
स्वागत कार्यक्रम पश्चात सरुवा भई आउनु भएका कार्यालय प्रमुखले कार्यभार ग्रहण गर्नु भई सरुवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक मिलन केसीलाई खादा, अविर र मायाको चिनो प्रदान गरी सफल कार्यकालको शुभकामना सहित फेरी भेटौला कार्यक्रम गरिएको हो ।




















