डिआईजी उमा प्रसाद चतुर्बेदीद्वारा प्रहरी कार्यालय महाेत्तरीकाे निरीक्षण
वि.सं.२०८२ वैशाख २८ आइतवार २०:१४
shares

महाेत्तरी । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले जिल्ला प्रहरी कार्यालय महोत्तरीको निरीक्षण गरेका छन्। सोही क्रममा प्रमुखले उक्त कार्यालयको भवन, सम्पुर्ण शाखाहरु, क्वाटर गार्ड, ब्यारेक, मेस समेतको निरीक्षण गर्नु भएको थियाे ।
साथै कार्यालय तथा मातहत समेतमा कार्यरत सि.प्र.अ./जु.प्र.अ./ युनिटका इन्चार्जहरु. लगायत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई देश तथा नागरिकलाई शिरमा राखि असल आचरण, आपसी सद्भाव तथा सामुहिक भावनाका साथ उच्च व्यावसायिक निष्ठापुर्वक आफ्नो कर्तव्य निर्वाह गर्न, संगठनले निर्दिष्ट गरेको मिडिया नीति बिपरित सामाजिक सञ्जालको दुरूपयोग नगर्न, गैह्र व्यवसायिक आर्थिक लाभका क्रियाकलापहरु र प्रहरी आचरण विपरीतका कुनै पनि गतिविधिमा संलग्न नहुन सचेत गराउनु भयाे।
सोही क्रममा उहाँले बल प्रयोग गर्दा मानव अधिकारको उच्च सम्मान र संरक्षण गर्दै व्यवसायिक, अनुशासित एवं कर्तव्यनिष्ठ भई कार्य सम्पादन गर्न र आफुलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य राख्न, आफ्ना व्यक्तिगत तथा व्यावसायिक समस्या तथा गुनासाहरु सिलसिलेवार रुपमा प्रतिवेदन गर्न निर्देशन दिदै प्रहरी कर्मचारीहरुका पिरमर्का र गुनासोहरु संगठनले तोके बमोजिमको बिधि र प्रक्रिया अनुरुप सम्बोधन गरिने निर्देशन समेत दिनु भएकाे थियाे।
































