प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

5.49K
shares

काठमाडौ । प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्र.व.उ. विश्व अधिकारीको प्रमुख आतिथ्यता तथा काठमाडौं महानगरपालिका २१ नं. वडा कार्यालयका अध्यक्ष उदय चुडामणी बज्राचार्यको अध्यक्षतामा यंगाल मलको सभाहलमा प्रहरी वृत्त जनसेवा र काठमाडौं महानगरपालिका २१ नं. वडा कार्यालयको संयुक्त आयोजनामा प्रहरी बिट यंगालको समुद्घाटन तथा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्य, सामुदायिक प्रहरी सेवा केन्द्र महाँकालका उपाध्यक्ष पवित्र बज्राचार्य तथा विभिन्न वडाका वडा अध्यक्षहरु, नागरिक अभियन्ता, सामाजिक संस्थाका प्रतिनिधिहरु, रेडक्रस, स्काउट तथा पत्रकार लगायत अ. २०० जनाको सहभागिता रहेको थियो ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083