प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

2.81K
shares

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ । सात दिने कार्यक्रमको उद्घाटन जनचेतनामूलक प्रभातफेरीमार्फत गरिएको हो ।

कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख गणेश अर्याल, जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रा, सशस्त्र प्रहरी बलका एसपी राधेश्याम धिमाल, किशोर लम्साल, नगर प्रहरी प्रमुख हरि भुसाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं, समाजसेवी जयप्रकाश खेतान, कमल चौलागाईंलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रहरी निरीक्षक भट्टका अनुसार ट्राफिक सप्ताह अन्तर्गत वीरगञ्जका विभिन्न क्षेत्रमा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिने भएको छ।

कार्यक्रममार्फत ट्राफिक नियमको महत्व, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा जिम्मेवार सवारी साधन सञ्चालनका विषयमा जनस्तरमा चेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083