ठुलो आवाज निकाली ध्वनी प्रदुषण मोटरसाइकल चालकलाई कारवाही गर्दै काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय

2.65K
shares

काठमाडौ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विगत लामो समयदेखि स्वरुप परिवर्तन (Modified) गरी ठुलो आवाज निकाली ध्वनी प्रदुषण मोटरसाइकल चालकलाई कारवाही गर्दै आएको छ ।

शहरी क्षेत्रमा हो-हल्ला मच्चाउँदै हिड्ने ,ध्वनी प्रदुषण गर्ने,साईलेन्सर पाईपवाट आगोको झिल्का समेत निकाल्ने मोटरसाईकलहरु चलाएको देखेमा उक्त मोटरसाईकल नम्बर ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३ र नेपाल प्रहरीको हटलाईन १०० नम्बर मार्फत जानकारी गराउन काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेकाे छ।