लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागु औषध दुर्व्यसन विरुद्धको महाअभियान अन्तर्गत सञ्चालित “लागू औषध दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम र काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र गोदावरी नगरपालिका, ललितपुर बिच “लागू औषध दुर्व्यसन रहित घर अभियान २०८२” को सम्झौता पत्रमा हस्ताक्षर(MOU) कार्यक्रम शुक्रबार सम्पन्न भएको हाे।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्धारा संचालित लागु औषध दुर्व्यसन विरुद्धको महाअभियान अन्तर्गत ललितपुर जिल्ला गोदावरी नगरपालिका र जिल्ला प्रहरी परिसर, ललितपुरको सँयुक्त आयोजना तथा प्रहरी वृत्त चापागाउँको सहकार्यमा गोदावरी नगरपालिका वडा नं. ११ स्थित Heritage Party Place मा लागू औषध दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

सो अवसरमा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र गोदावरी नगरपालिका, ललितपुर बिच “लागू औषध विरुद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धि समझदारी पत्र समेत आदान प्रदान भएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले सुरक्षित उपत्यका बनाउन विभिन्न कार्यक्रम अन्तर्गत लागू औषध दुर्व्यसन रहित घर अभियान संचालनमा ल्याईएको बताउनुभयो । लागु औषधको बढ्दो प्रयोगले समाजमा अपराधिक क्रियाकलापमा वृद्धि भएको उल्लेख गर्दै यस्ता क्रियाकलाप रोक्न नागरिक स्वयम् सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख श्री गजेन्द्र महर्जनले लागू औषध विरुद्ध आपसी सहयोग,समन्वय र सहकार्य र दुर्व्यसन नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले प्रहरी सँग थप सहकार्य र समन्वय गर्ने बताउनुभयो । कार्यक्रममा गोदावरी नगरपालिकाको उपप्रमुख श्री मुना अधिकारी , जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्री श्याम कृष्ण अधिकारी र वडा अध्यक्ष्य लगायतले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नु भएको, उक्त कार्यक्रममा लागू औषध दुर्व्यसन रहित घर अभियानको स्टिकर समेत सार्वजनिक गरिएको थियो ।

साथै उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक चक्रराज जोशी, प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरे, प्रहरी वृत्त चापागाउँका कार्यालय प्रमुख यम कुमार श्रेष्ठ, लगायत अन्य प्रहरी कर्मचारीहरु, स्थानिय जनप्रतिनिधि, संचारकर्मी, स्वास्थ्यकर्मी, समाजसेवी, बुद्धीजिवी, भद्रभलादमी, गोदावरी नगरपालिका भित्र सञ्चालनमा रहेका सुधार गृह, मेडिकल व्यवसायी, लगायत विभिन्न क्षेत्रमा क्रियाशील ब्यक्तित्वहरू सहितकाे उपस्थिति रहेको थियाे ।


प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

२०८२ जेठ २८ बुधवार

काठमाडौ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर...

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

२०८२ जेठ २८ बुधवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ...

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ जेठ २६ सोमवार

काठमाडौ । विपद् लगायत विपद्का घटनाको उद्रार एबं व्यवस्थापन कार्यक्रमको...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

आईजीपी दिपक थापाको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा १-१८४औं समूहको प्रहरी निरीक्षक आधारभूत तालिमको उद्‍घाटन

आईजीपी दिपक थापाको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा १-१८४औं समूहको प्रहरी निरीक्षक आधारभूत तालिमको उद्‍घाटन

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको प्रमुख आतिथ्यतामा राष्ट्रिय...

ठुलो आवाज निकाली ध्वनी प्रदुषण मोटरसाइकल चालकलाई कारवाही गर्दै काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय

ठुलो आवाज निकाली ध्वनी प्रदुषण मोटरसाइकल चालकलाई कारवाही गर्दै काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय

२०८२ जेठ २२ बिहीवार

काठमाडौ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विगत लामो समयदेखि...