बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

2.72K
shares
काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसले २० वटा डस्विन (फोहोर राख्ने भाँडो) क्याम्पसलाई हस्तान्तरण गरेको छ।

 

स्ववियु बानेश्वर बहुमुखी क्याम्पसकाे पहलमा  बाताबरण ब्यवस्थापन विभाग,काठमाडौ महानगरपालिका नगर कार्यालयको सहकार्य साथै सहयाेगमा बानेश्वर बहुमुखी क्याम्पसलाई २० थान डस्विन आज हस्तान्तरण गरेको हो।

स्ववियु बानेश्वर बहुमुखी क्याम्पसकाे पहलमा  बाताबरण ब्यवस्थापन विभाग,काठमाडौ महानगरपालिका नगर कार्यालयले उक्त डस्विन प्रदान गरेकाे स्ववियु अध्यक्ष भुमिराज अधिकारीले बताए ।

उक्त कार्यक्रममा क्याम्पस प्रमुख डा. घमानसिंह खड्का पुर्ब क्याम्पस प्रमुख केदार न्यौपाने स्ववियु पदाधिकारी,सदस्यहरु विद्यार्थीहरु लगाएतको उपस्थिति रहेको थियो।