२१२ औँ भानुजयन्तीकाे अवसरमा बानेश्वर बहुमुखी क्याम्पसमा भानुभक्तिय रचनावाचन प्रतियाेगिता कार्यक्रम सम्पन्न

8.85K
shares

काठमाडौ । बानेश्वर बहुमुखी क्याम्पसले २१२ औँ भानुजयन्तीकाे अवसरमा एक भानुभक्तिय रचनावाचन प्रतियाेगिता कार्यक्रम गरेकाे छ । बानेश्वर बहुमुखी क्याम्पस भाषा विभागको आयोजनामा २१२ औँ भानुजयन्ती कार्यक्रम सम्पन्न भएको हाे।

 साहित्यकार कवि भुवनहरि सिग्देलकाे प्रमुख आतिथ्यतामा, क्याम्पस प्रमुख डा. घमानसिंह खड्काकाे विशेष आतिथ्यतामा बानेश्वर बहुमुखी क्याम्पस भाषा विभाग प्रमुख धुर्ब न्याैपानेकाे अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हाे । साथै क्याम्पसकाे प्राङ्गणमा अवस्थित भानुभक्तकाे शालिकमा प्रमुख अतिथि लगाएत अतिथिहरुले माल्यार्पण पनि गरेका थिए ।

कार्यक्रममा भानु प्रतिष्ठानका अध्यक्ष नवराज लम्साल, महासचिव डा.रमेश लुईटेल, स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष भुमिराज अधिकारी लगाएतले अतिथिकाे रुपमा आशन ग्रहण गरेका थिए । साथै कार्यक्रममा प्रध्यापक कर्मचारी विद्यार्थीहरु लगाएतकाे उपस्थिति रहेको थियाे ।

  कार्यक्रममा भानुभक्तिय रचनावाचन प्रतियाेगितामा सहभागी विद्यार्थीहरु पुरस्कृत भएका थिए ।


divya collage
unigloble collage