प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा प्रहरी वृत्त थानकोटको नवनिर्मित भवनको उद्‍घाटन

5.66K
shares

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा प्रहरी वृत्त थानकोटको नवनिर्मित भवनको उद्‍घाटन गर्नु भएको छ।

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले प्रहरी वृत्त थानकोटको नवनिर्मित कार्यालय भवन तथा व्यारेकको सोमबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुका साथै नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो ।

नेपाल सरकारबाट प्राप्त बजेट अन्तर्गत रही नेपाल प्रहरी प्रधान कार्यालय,भौतिक पूर्वाधार निर्देशनालयबाट योजना बनाई जिल्ला प्रहरी परिसर काठमाडौंको मातहत प्रहरी वृत्त थानकोटको कार्यालय तथा व्यारेक भवनको सम्पूर्ण लागत ६ करोड ७१ लाख ३४ हजार ९ सय २० रुपैयाँ ०२ पैसामा निर्माण सम्पन्न भएको थियो ।

उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले काठमाडौं उपत्यकाको प्रमुख नाकाको मध्येको एक नागढुङ्गा क्षेत्रमा अहोरात्र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीहरूको लागि आवास भवन आधारभूत आवश्यकता रहेको चर्चा गर्दै आधुनिक, सुन्दर र सुविधा सम्पन्न भवनहरूले प्रहरी कर्मचारीहरूमा जिम्मेवारी निर्वाह गर्न थप उर्जा र हौसला दिनेमा विश्वास व्यक्त गर्नुभयो । नवनिर्मित भवनहरू सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै प्रहरीलाई सेवा प्रवाहमा सहज पहल कदमी गर्ने चन्द्रागिरी नगरपालिका सम्पुर्ण नागरिक समाज, जनप्रतिनिधि तथा सम्पुर्ण स्थानियबासीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयको ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता: अभियानलाई मूर्तरूप दिन उपत्यका प्रहरी कार्यालय शान्ति,सुरक्षा तथा सुशासनमा थप व्यावसायिक बन्दै जाने प्रतिवद्वता व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले विवेकपूर्ण निर्णयबाट कानूनसम्मत तवरले प्रहरी कारवाही गर्न निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी, चन्द्रागिरी नगरपालिकाका नगर उप-प्रमुख बसन्ती श्रेष्ठ,काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी छवी रिजाल,जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्ले,काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, नेपाल सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठ,जिल्ला प्रहरी परिसर काठमाडौका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी,काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, पूर्व प्रहरी कर्मचारीहरु, स्थानीय जनप्रतिनिधिहरू र स्थानीय भद्र भलादमीहरू लगायत उपस्थितिमा सम्पन्न भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083