स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा दीप प्रज्वलन कार्यक्रम सम्पन्न, सहादत प्राप्तप्रति श्रद्धाञ्जलि अर्पण

5.36K
shares

 

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन, बानेश्वर बहुमुखी क्याम्पसद्वारा आयोजित दीप प्रज्वलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।  जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त भएका युवा, विद्यार्थी तथा नागरिकहरूप्रति श्रद्धासुमन अर्पण गरिएको हाे।

कार्यक्रममा स्ववियू सभापति भुमिराज अधिकारीले गणतान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्नेहरू देशका सच्चा योद्धा भएको उल्लेख गर्दै उनीहरूको बलिदानको सम्मानमा दीप प्रज्वलन गरिएको बताएका छन्। साथै, आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण विद्यार्थी तथा नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेका थिए।

कार्यक्रममा क्याम्पसका विद्यार्थी, शिक्षक तथा अन्य नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। देशमा व्याप्त अन्याय, दमन र अधिनायकवाद विरुद्ध आवाज उठाउने क्रम जारी राख्ने प्रतिबद्धता पनि कार्यक्रममा व्यक्त गरिएको थियो।

 


divya collage
unigloble collage