बानेश्वर बहुमुखी क्याम्पसमा डिजिटल ID Card वितरण तथा डिजिटल प्रिन्ट सेवा उद्घाटन

स्ववियूकाे पहलमा क्याम्पसमा डिजिटल ID Card वितरण तथा डिजिटल प्रिन्ट सेवा शुरु

3.02K
shares

काठमाडौ । स्वतन्त्र विद्यार्थी यूनियनकाे पहलमा बानेश्वर बहुमुखी क्याम्पसमा डिजिटल ID Card वितरण तथा डिजिटल प्रिन्ट सेवा उद्घाटन भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिवोल भट्टराईको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई डिजिटल परिचयपत्र वितरण तथा डिजिटल प्रिन्ट सेवा उद्घाटन कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा स्ववियू अध्यक्ष भुमिराज अधिकारीले अध्यक्षता ग्रहण गरेका थिए। त्यसै गरी विशेष अतिथिकाे रुपमा क्याम्पस प्रमुख डा. घमानसिंह खड्काले गरेका थिए।

कार्यक्रममा अतिथिकाे रुपमा संस्थापक क्याम्पस प्रमुख केदार न्याैपाने, अतिरिक्त क्रियाकलाप प्रमुख डा. कृष्णदेव यादवकाे रहेकाे थियाे।

कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस संचालक समिति अध्यक्ष हरिवाेल भट्टराईले क्याम्पसलाई आधुनिक र प्रविधिमैत्री बनाउने लक्ष्यप्रति आजको कार्यक्रमले महत्वपूर्ण प्रगति देखाएको छ। डिजिटल ID प्रणाली लागू हुनु, डिजिटल प्रिन्ट मेसिन स्थापना हुनु यी सबै स्ववियूको पहल, प्रतिबद्धता र सहकार्यको उत्कृष्ट उदाहरण रहेकाे अध्यक्ष भट्टराईले बताए । भविष्यमा पनि क्याम्पस विकासका योजनामा विद्यार्थी नेतृत्वको सक्रिय भूमिका निरन्तर अपेक्षित रहेने बताए।

त्यसै गरी कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख डा. घमानसिंह खड्काले डिजिटलिकरणलाई क्याम्पस सुधारको आधारस्तम्भको रूपमा उल्लेख गर्दै शैक्षिक गुणस्तरसँगै सेवामा सहजता र पारदर्शिता वृद्धि गर्नु अहिलेको आवश्यकता रहेकाे बताए। डिजिटल ID र क्याम्पसमै उपलब्ध प्रिन्ट सेवाले विद्यार्थीहरूलाई निकै सुविधा प्रदान गर्ने उल्लेख गर्दै क्याम्पस प्रशासन विद्यार्थीमैत्री सेवाको विस्तारमा निरन्तर प्रतिबद्ध रहेकाे बताए। साथै स्ववियूसँगको सहकार्य अझ मजबूत हुँदै जाने उनले बताए।

स्ववियू अध्यक्ष भुमिराज अधिकारीले विद्यार्थीहरूले दैनिक रूपमा भोग्दै आएका सेवा–सुविधासम्बन्धी समस्यालाई समाधान गर्न स्ववियू निरन्तर सक्रिय रहेकाे बताए। डिजिटल ID र डिजिटल प्रिन्ट सेवा क्याम्पसमै उपलब्ध गराउनु हाम्रो प्राथमिकता थियो, जुन आज सफलतापूर्वक लागू भएको छ। आगामी दिनमा पनि स्ववियूले विद्यार्थी हितका कार्यक्रम, सुधारका पहल र आवश्यक मागहरू क्याम्पस प्रशासन तथा सञ्चालक समितिसँग समन्वय गर्दै अघि बढ्ने बताए ।

कार्यक्रममा प्रध्यापकहरु, स्ववियु पदाधिकारी, सदस्यहरु विद्यार्थीहरु लगाएतकाे उपस्थिति रहेकाे थियाे।

क्याम्पसमा नै डिजिटल प्रिन्ट मेसिन सञ्चालनमा ल्याइएको जानकारी साथै सार्वजनिक गरिएको हाे, जसबाट अब विद्यार्थीहरूले आफ्ना ID Card तथा आवश्यक कागजातहरू छिटो, सहज र पारदर्शी ढंगले प्राप्त गर्न सक्नेछन्।

स्ववियूको यो पहलले क्याम्पसमा सेवा प्रवाहलाई डिजिटलिकरण गर्दै विद्यार्थीमैत्री वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। स्ववियूले क्याम्पस सेवाहरूलाई प्रविधिमैत्री बनाउन यो कदमलाई महत्वपूर्ण सुरुवातका रूपमा लिएको छ।

(तस्बिरमा हेर्नुस् )

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083