राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम सम्पन्न

3.61K
shares

काठमाडौ । भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम, नेपाल सरकार तालुक गृह-मन्त्रालयका गृह सचिव रामेश्‍वर दंगालकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्की, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाह, नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभागका प्रहरी अतिरिक्त महानिरीक्षक हिमालय कुमार श्रेष्ठ, भारतीय दुतावास काठमाडौंका DCM डा. राकेश पाण्डे तथा भारतीय दुतावासका प्रतिनिधिहरु, गृह मन्त्रालय नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सह- सचिव सुरेश पन्थी लगायत मन्त्रालयका प्रतिनिधिहरु, ने.प्र.प्र.का.भौतिक पूर्वाधार निर्देशनालयका प्र.व.उ. ई. राम कुमार चौधरी लगायत वरिष्ठ प्रहरी अधिकृतहरु, परियोजनाका भारतीय परामर्शदाता Central Public Works Department (CPWD) का ईन्जिनियरहरु, निर्माण व्यवसायी ACIL-RCPL JV का प्राविधिक तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

गृह सचिव रामेश्‍वर दंगाल, संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्की लगायत उपस्थित पधादिकारीहरुले परियोजनाको स्थलगत भ्रमण गरी निर्माणधिन प्रतिष्‍ठानको बारेमा विस्तृत जानकारी लिनु भई छलफल एवं निर्देशन समेत प्रदान गर्नुको साथै निर्माणाधिन प्रतिष्‍ठानको परिसरमा वृक्षारोपण समेत गर्नु भएको थियाे। कार्यक्रमको अन्तमा परियोजनाका संयोजक एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले उपस्थित सम्पूर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्नु भएको थियाे।