सिद्धार्थनगरमा लैंगिक हिंसा विरुद्धको जागरणः नारा लेखन कार्यक्रमले ल्यायो सशक्त सन्देश

3.47K
shares

सिद्धार्थनगर, २५ नोभेम्बर २०२५ – प्रविधिको सही प्रयोग गरौ लैंगिक हिंसा अन्त्य गरौ भन्ने मूल नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियना देश भरी सुरु भएको छ । यही विषयलाई मध्य नजर गरी सिद्धार्थनगर नगरपालिकामा उक्त कार्यक्रमको आयोजनागरी सचेतना फैलाइएको छ ।  समाजमा व्याप्त लैंगिक असमानता र हिंसाका मुद्दालाई उजागर गर्दै, समुदायलाई एकजुट बनाउने महत्वपूर्ण भूमिका निर्वाह गरेको हो। नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको नेतृत्वमा आयोजित यो अभियानले स्थानीय स्तरमा जागरण फैलाउने लक्ष्य राखेको छ भने जसमा सयौं सहभागीहरूले उत्साहपूर्वक भाग लिएका हुन् । अभियानमा हस्ताक्षर कार्यक्रम द्वारा  औपचारिक सुरुवात  गरिएको हो ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले लैंगिक हिंसालाई समाजको कलंकको रूपमा चित्रण गर्दै “लैंगिक हिंसा केवल शारीरिक पीडा होइन, यो मानसिक र सामाजिक बन्धन भएको बताएकी हुन् ।  शिक्षा, जागरण र कानुनी कारबाहीबाट मात्र यसलाई नियन्त्रण गर्न सक्ने बताउदै नगरपालिकाले यस दिशामा निरन्तर अभियान चलाउने छ जानकारी गराएकी हुन् ।

त्यसैगरी, नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख कोशीला यादवले कार्यक्रममा आफ्नो विचार राख्दै लैंगिक हिंसाको प्रभावबारे विस्तृत चर्चा गरिन्। उनले भनिन्, “लैंगिक हिंसाले महिलालाई मात्र होइन, बालबालिका र ज्येष्ठ नागरिकहरूलाई पनि प्रभावित गर्छ। हामीले यसलाई रोकथाम गर्नका लागि स्थानीय तहबाटै पहल गर्नुपर्छ। समाज, परिवार र विद्यालय स्तरबाट जागरण फैलाउन आवश्यक छ। नगरपालिकाले विभिन्न कार्यक्रमहरू मार्फत महिलाहरूलाई सशक्त बनाउने र हिंसा प्रभावितहरूलाई सहयोग गर्ने प्रयास गरिरहेको छ।“

कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले लैंगिक हिंसाविरुद्ध शिक्षाको भूमिकालाई जोड दिँदै भने, “शिक्षा नै लैंगिक हिंसा अन्त्य गर्ने मुख्य औजार हो। हामीले पाठ्यक्रममा लैंगिक समानताको विषय समावेश गरेर युवा पुस्तालाई सानैदेखि सचेत बनाउनुपर्छ। यसले भावी समाजलाई हिंसारहित बनाउन मद्दत गर्छ। विद्यालयहरूमा जागरण अभियान चलाएर बालबालिकालाई सशक्त बनाउन सकिन्छ।

कार्यक्रममा प्रहरी अधिकारीहरू, समाजसेवीहरू, विद्यार्थीहरू लगायत स्थानीय जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो। यो विविध सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो, जसले समाजका विभिन्न तहबाट लैंगिक हिंसाविरुद्धको आवाज बुलन्द गरेको थियो। अन्त्यमा, सबै सहभागीहरूले लैंगिक हिंसाविरुद्धको प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर कार्यक्रमलाई औपचारिक रूपमा समापन गरेका थिए। यो हस्ताक्षर अभियानले व्यक्तिगत र सामूहिक प्रतिबद्धतालाई मजबुत बनाएको थियो।

आजको परिप्रेक्ष्यमा नेपालमा लैंगिक हिंसा अझै पनि एक प्रमुख चुनौती बनेको छ। हालैका तथ्यांकहरूले देखाउँछन् कि ११.४ प्रतिशत महिलाहरूले जीवनमा शारीरिक वा यौन हिंसाको सामना गरेका छन्। विद्यार्थीहरूमा यो दर ४५.३३ प्रतिशत छ, जसमा शारीरिक हिंसा १६.८९ प्रतिशत र यौन हिंसा समावेश छ। बाल विवाह, घरेलु हिंसा, दाइजो सम्बन्धी हिंसा र छेडखानी जस्ता समस्या व्याप्त छन्। यद्यपि, ग्ल्ँएब् जस्ता संस्थाहरूले हिंसा अन्त्य गर्ने अभियान चलाइरहेका छन्, जसले जागरण बढाइरहेको छ।

नेपालमा १९९० दशकदेखि नीतिगत रूपमा सम्बोधन गरिएको यो मुद्दामा २०१० मा कानुनी ढाँचा बनेको थियो, तर कार्यान्वयनमा चुनौतीहरू छन्। स्वास्थ्य प्रणाली र सामाजिक मान्यताहरू परिवर्तन गर्दै यसलाई जडबाट उखेल्न आवश्यक छ। सिद्धार्थनगर जस्ता स्थानीय अभियानहरूले राष्ट्रिय स्तरमा योगदान दिन सक्छन्, जसले समान र सुरक्षित समाज निर्माणमा मद्दत गर्छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083