एआईजी कार्कीलाई उपत्यका प्रहरीको कमाण्ड

4.21K
shares

काठमाडौं ।  काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी नवनियुक्त अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले पाएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा सिफारिस कार्कीलाई बढुवाको निर्णय गर्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गर्ने निर्णय गरेको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालले बढुवा र पदस्थापनको प्रस्ताव यसअघि नै मन्त्रिपरिषदमा पेस गरेका थिए। मन्त्री अर्याल भने सोमबार मन्त्रिपरिषद् अघि नै भैरहवा पुगेका थिए। उनको अनुपस्थितमा बसेको बैठकले एआईजी कार्कीको बढुवा र पदस्थापनको निर्णय गरेको हो।

यसअघि डीआईजी हुँदा कार्की कोसी प्रदेशको प्रहरी प्रमुख थिए। उपत्यका प्रहरी कार्यालय कात्तिक २६ गतेदेखि प्रमुखबिहीन भएको थियो। दानबहादुर कार्की आईजीपी भएपछि प्रमुख रिक्त भएको थियो।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083