आईजीपी दान बहादुर कार्कीद्वारा जस्तोसुकै चुनौतिलाई समाधान गर्दै निर्धक्क भई काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन

4.46K
shares

चितवन । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी कर्मचारीहरुले जनताको सेवा गर्ने र शान्ति सुरक्षा कायम गर्ने कार्यमा आउने जस्तोसुकै चुनौति र बाधा अडचनसँग नडराई निर्धक्क भई उच्च मनोबलकासाथ काम गर्नुपर्ने बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण पश्चात् प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै आईजीपी कार्कीले उक्त कुरा बताउनुभएको हो । भ्रष्टाचारमा शुन्य सहनशीलताको नीतिलाई अक्षरस पालना गरी नागरिकको सेवामा हरदम तल्लीन हुनुपर्ने कार्कीले बताउनुभयो ।

समय अनुसार अझ परिष्कृत एवं व्यवसायिक प्रहरी सेवाद्वारा नागरिकको अपेक्षा पूरा गर्न हरदम कर्तव्यरत रहेको अवस्थामा यो सेवालाई अझै प्रभावकारी बनाउन उहाँले निर्देशन दिनुभयो । जघन्य अपराध र अपराधीप्रति विवेकसम्मत कठोर हुनुपर्ने उल्लेख गर्दै आईजीपीले गैरकानुनी क्रियाकलापप्रति कुनै पनि सम्झौता गर्न नहुने बताउनुभयो ।

पीडितलाई न्याय दिने, आमनागरिकको मन जित्ने र नागरिकमैत्री व्यवहार प्रस्तुत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदायसँग नजिक रहेर काम गर्नुपर्ने उल्लेख गर्दै आईजीपी दान कार्कीले राम्रा उद्देश्यले गरेका कार्यमा सदैव संगठनको साथ रहने बताउनुभयो ।

प्रहरी कार्यालयलाई साधन स्रोत सम्पन्न गराईने उल्लेख गर्दै उहाँले प्रहरी कार्यसँगै कार्यालय, कार्यालय परिसर तथा व्यक्तिगत सरसफाई चुस्त दुरुस्त राख्न प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083