पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौं :रवि लामिछाने

2.37K
shares

२० माघ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विद्रोहबाट हटिसकेको पुरानो संसद् षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि प्रयास, दबाब र धम्की स्वीकार नहुने स्पष्ट चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै लामिछानेले देश ठूलो राजनीतिक परिवर्तनको संघारमा पुगेको उल्लेख गरेका छन्। उनले आगामी निर्वाचनलाई ‘अन्तिम सुनामी’ को संज्ञा दिँदै पुराना दलहरूलाई त्यसलाई रोकेर देखाउन चुनौतीसमेत दिएका छन्।

“यो देश अन्तिम सुनामीको तयारीमा छ। जो–जो मिल्नु छ, खुला वा गोप्य जसरी मिल्नुपर्छ, मिल। अन्तिम शक्ति लगाएर यो सुनामी रोकेर देखाऊ,” उनले लेखेका छन्, “हामी निर्वाचनबाट आउने परिणाम स्वीकार गर्न तयार छौं, तर विद्रोहले उखेलेर फालेको पुरानो संसद् षड्यन्त्रपूर्ण तरिकाले फर्काउने कुनै पनि चलखेल स्वीकार्दैनौं।”

लामिछानेले आगामी फागुन २१ लाई सामान्य मिति नभएको दाबी गर्दै उक्त दिन नेपाली राजनीतिक इतिहासको ‘माइलस्टोन’ हुने बताएका छन्। उनका अनुसार फागुन २१ पछि गठन हुने संसद् मात्र होइन, प्रतिपक्ष समेत नयाँ हुनुपर्छ।

“फागुन २१ पछि आउने संसदमा प्रतिपक्ष पनि नयाँ हुनुपर्छ। सर्प त एउटा पनि पाल्न सकिँदैन,” उनले टिप्पणी गरेका छन्।

उनको भनाइलाई आगामी निर्वाचन र संसद् पुनर्स्थापनासम्बन्धी बहससँग जोडेर राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083