निर्वाचन आचारसंहिता विपरीत होटलमा पैसा बाँड्ने तयारी गरेका रास्वपाको टोली स्थानीयको घेराउमा

1.66K
shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही २ का उम्मेदवार सुलभ खरेलसहितका नेताहरु आचारसंहिता विपरीत मतदाताहरुलाई पैसा बाँड्ने तयारी गरेको अवस्थामा भेटिएपछि स्थानीयले घेराउ गरेका छन् । बुटवल ११ बाट उनीहरुको टोलीलाई पछ्याउँदै स्थानीयले बुटवलको नमोबुद्द होटलमा उम्मेदवार खरेलसहित नेता चित्रबहादुर कार्की र सुनिल शाहीलाई भेटाएर प्रहरीलाइ खबर गरेका थिए । प्रहरीले अनुसन्धान भैरहेको बताएको छ । पैसा बाँड्ने तयारी गरेको बेला भेटिएपछि स्थानीयसँग विवाद भएको थियो । विवावका क्रममा झडप हुँदा चित्रबहादुर कार्की र सुनिल शाही सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता कृष्णकुमार चन्दले स्थानीयबीच केही बरे विवाद भएको तर उम्मेदारमाथि आक्रमण नभएको बताए । डिएसपी चन्दले अहिले अवस्था सामान्य भएको र घटनाको अनुसन्धान भइरहेको बताए । रास्वपाले भने अज्ञात समूहबाट आफूहरुमाथि आक्रमण भएको दावी गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083