बालेनकै नेतृत्वमा सरकार बन्छ: सोविता गौतम

1.65K
shares

चितवन । चितवन–३ बाट निर्वाचित सोविता गौतमले बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार बन्ने बताएकी छन्।

निर्वाचित भएको प्रमाणपत्र लिएपछि पत्रकारसँग कुराकानी गर्दै उनले निर्वाचनअघि नै रास्वपाले बालेनलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै अब उनकै नेतृत्वमा सरकार बन्ने दाबी गरिन्।

उनले नेपाली जनताले रास्वपालाई अन्तिम आशाका रूपमा विश्वास गरेर मत दिएको बताउँदै त्यस विश्वासलाई परिणाममा रूपान्तरण गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाइन्। “जनताले अन्तिम आशाका रूपमा रास्वपालाई विश्वास गरेर मत दिनुभएको छ,” उनले भनिन्, “यसलाई गम्भीरतापूर्वक लिएर हामी काममा लाग्छौँ।”

चितवन–३ मा गौतमले ५९ हजार २७७ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्। उनकी निकटतम प्रतिद्वन्द्वी रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गरिन्। गौतमको यो जित उक्त क्षेत्रमा अहिलेसम्मकै ठूलो मतान्तरको जित मानिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083