उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग

2.86K
shares

काठमाडौं। ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने तथा सरकारले तोकेको मूल्यभन्दा बढीमा बिक्री गर्ने उद्योगी र विक्रेतालाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा बजारमा ग्यास अभाव भएको र केही स्थानमा विक्रेताले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई मर्कामा पारेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मध्यपूर्वमा देखिएको पछिल्लो अशान्तिका कारण भविष्यमा ग्यास अभाव हुने हो कि भन्ने चिन्ता उपभोक्तामा देखिनु स्वाभाविक भए पनि यस्तो विषम परिस्थितिको फाइदा उठाएर अधिक मूल्यमा ग्यास बिक्री गर्नु गम्भीर अपराध भएको महासंघले उल्लेख गरेको छ।

महासंघले देशभरका ग्यास विक्रेतालाई कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नहुन र जिम्मेवार भएर सेवा प्रवाह गर्न आग्रह गरेको छ। साथै, संकटको अवस्थामा उपभोक्तालाई ठगी गर्ने विक्रेता वा ग्यास उद्योगीलाई पहिचान गरी कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ।

यस्ता गैरकानुनी गतिविधिमा संलग्न हुनेलाई कारबाही हुनेबारे देशभरका विक्रेतालाई जिल्ला संघमार्फत जानकारी गराउन पनि महासंघले निर्देशन दिएको जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083