स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा विद्यार्थी केन्द्रीत निशुल्क कम्प्युटर कक्षा सञ्चालन

स्वतन्त्र विद्यार्थी यूनियन बानेश्वर बहुमुखीद्वारा तीन महिने कम्प्युटर कक्षा सञ्चालनमा

2.44K
shares

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), बानेश्वर बहुमुखी क्याम्पसले विद्यार्थीलाई सीपमूलक बनाउने उद्देश्यका साथ निशुल्क तीन महिने कम्प्युटर कक्षा सञ्चालनमा ल्याएको छ। स्ववियुद्वारा सुरु गरिएको उक्त कार्यक्रम विद्यार्थी केन्द्रित तथा सीपमूलक शिक्षा प्रवर्द्धन गर्ने लक्ष्यसहित अघि बढाइएको हो।

बुधबारबाट औपचारिक रूपमा सुरु भएको कक्षाको उद्घाटन कार्यक्रम स्ववियु अध्यक्ष भुमिराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने क्याम्पस प्रमुख डा. घमानसिंह खड्काको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख डा. खड्काले यस्ता सीपमूलक कार्यक्रमले विद्यार्थीको व्यावहारिक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
त्यस्तै, स्ववियु अध्यक्ष भुमिराज अधिकारीले विद्यार्थी केन्द्रित विभिन्न कार्यक्रमहरू क्रमिक रूपमा सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाउँदै स्ववियुलाई विद्यार्थीहरुकाे उत्कृष्ट संस्थाको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।

उद्घाटन कार्यक्रममा स्ववियु नेतृत्व, तालिम तथा सीप विकास कार्यक्रममा सहभागी विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
उक्त कम्प्युटर कक्षाले विद्यार्थीहरूलाई प्रविधिमैत्री र आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083