अपराध अनुसन्धान (सि.प्र.अ.) तालिम १०१ औं समूहको समापन कार्यक्रम सम्पन्न

1.78K
shares

काठमाडौ । अपराध अनुसन्धान (सि.प्र.अ.) तालिम १०१ औं समूहको समापन कार्यक्रम सम्पन्न भएको छ।  २०८२/१२/०८ गते देखी नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा सञ्चालित अपराध अनुसन्धान (सि.प्र.अ.) तालिम १०१ औं समूहको आज प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहकाे प्रमुख आतिथ्यतामा समापन भएको हाे।

उक्त कार्यक्रममा प्रमूख आतिथिले दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई प्रशिक्षणको क्रममा प्राप्त गरेको ज्ञान, सीप र क्षमतालाई कार्यक्षेत्रमा उच्च मनोबलका साथ अक्षरश पालना गरी नेपाल प्रहरी संगठनको अपराध अनुसन्धान क्षेत्रलाई सदैव प्रयत्नशील राखिरहनुपर्ने कुरामा जोड दिदै प्रमुख अतिथिज्यूले शुभकामना सहितको निर्देशन सम्बोधन र प्रमाणपत्र वितरण समेत गर्नुभएको थियो भने तालिम संयोजक प्रहरी उपरीक्षक गोबिन्द राज काफ्लेले तालिम सम्बन्धि संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

 

उक्त कार्यक्रममा यस प्रतिष्ठानका निर्देशक, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशक लगायत अन्य सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको समेत उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083