शेखर गोल्छालाई हिरासतमा नराख्न जिल्ला अदालत काठमाडौंको आदेश

1.12K
shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप्न अस्वीकार गरेको छ।

न्यायाधीश मोना सिंहको इजलासले यसअघि जारी भएको पक्राउ अनुमतिको म्याद नथप्ने आदेश दिएको हो। अदालतले गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार नदेखिएको ठहर गरेको छ।

आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न आवश्यक अवस्था नदेखिएको उल्लेख गरिएको छ।

यससँगै अब केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गोल्छालाई हिरासतमा नराखी अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने भएको छ।

यसअघि सर्वोच्च अदालतले पनि धितोपत्रसम्बन्धी कसुरमा धरौटी वा जमानतको विकल्प हुँदाहुँदै थुनामा राखेर अनुसन्धान गरिएको विषयमा प्रश्न उठाएको थियो। तर, बीमासम्बन्धी कसुरमा भने रिट निवेदनमा मागदाबी नभएको भन्दै सर्वोच्चले केही टिप्पणी गरेको थिएन।

सर्वोच्चको आदेशपछि पनि सीआईबीले गोल्छालाई बीमासम्बन्धी कसुरमा अनुसन्धान जारी राख्दै हिरासतमा राख्न खोजेको थियो। सोही विषयमा म्याद थपका लागि अदालत लगिए पनि जिल्ला अदालतले म्याद थप्न अस्वीकार गरेको हो।


unigloble collage
baneshwor multiple campus ad -2083