एआईजी राजन अधिकारीको प्रमुख आतिथ्यतामा प्रहरी कर्मचारीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

2.83K
shares

बिराटनगर । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीको प्रमुख आतिथ्यतामा प्रहरी कर्मचारीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रस्तावित प्रहरी ऐन सम्वन्धमा प्रहरी कर्मचारीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे।

नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोशी प्रदेश तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुसंग प्रस्तावित प्रहरी ऐन सम्बन्धमा छलफल तथा अन्तरक्रिया भएको थियो । कार्यक्रममा प्रस्तावित प्रहरी ऐनमा समेटिनु पर्ने बिषयहरुमा सहभागीहरूले आफ्नो धारणा, सुझाव तथा जिज्ञासा राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि राजन अधिकारीले प्रस्तावित प्रहरी ऐनले संगठनलाई अझ व्यवस्थित, उत्तरदायी र आधुनिक बनाउन सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । ‍उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे, प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा सहित सिनियर प्रहरी अधिकृतहरु तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083