खेल सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न
वि.सं.२०८३ वैशाख २३ बुधवार १६:०५
shares

काठमाडौ । दर्ज्यानी चिन्ह सुशोभन तथा खेल सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महाननिरीक्षक शिद्धी बिक्रम शाहकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे।
नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको च.नं. ६७९९, मिति २०८३/०१/११ गतेको पत्रदेशानुसार प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम ३९ बमोजिम जनपद प्रहरी समूह तर्फको प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा विशेष बढुवा हुनुभएका नेपाल पुलिस क्लब क्रिकेट टिमका क्याप्टेन म. आरीफ शेखलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको हाे।
उक्त कार्यक्रममा प्रमुख अतिथिले माया ग्रुप यु.के. र नेपाल प्रहरी शारिरीक सुगठन तथा खेलकुद शिक्षालय बिच 2026 देखि 2027 सम्म नेपाल पुलिस क्रिकेट टिमका लागि खेल सामग्री प्रायोजन गर्ने सम्झौता भए अनुरुप प्राप्त खेल सामग्रीहरु नेपाल पुलिस क्लब क्रिकेट टिमका खेलाडी तथा अफिसियलहरुलाई प्रदान गर्नुभएको थियो ।


















